२० हजार घुससहित नगरपालिकाका लेखापाल पक्राउ


प्रकाशित मिति : चैत्र ४, २०७४ आईतबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने आरोपमा आयोगको टोलीले लेखापाल चौधरीलाई उहाँकै डेराबाट पक्राउ गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com