मध्यरातमा आगलागी हुँदा ९० घर जलेर नष्ट


प्रकाशित मिति : चैत्र ४, २०७४ आईतबार

चैत ४, सुनसरी । बराह नगरपालिका–११ मधुवनस्थित सरदार टोलमा शनिबार राति भएको आगलागीबाट ९० घर जलेर नष्ट भएको छ। राति करिब १२ बजे भएको आगलागीबाट ६० परिवारका ९० भन्दा बढी घर जलेर नष्ट भएको हो। मध्यरातमा आगलागी भएकाले ठूलो क्षति भएको आशंका गरे पनि पूर्ण विवरण आर्इ नसकेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए। मानवीय क्षति नभए पनि दर्जनौं चौपाय जलेर मरेका छन्। आगलागी सुनसरीको इनरुवा, इटहरी, धरान र विराटनगरको बारुणयन्त्रले आइतबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चिमोरियाले बताए। आगलागी पीडितहरुलाई बिहानैबाट राहत वितरण थालिने सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजूलीले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com