नागढुङ्गामा लागूऔषधसहित एक जना पक्राउ


प्रकाशित मिति : चैत्र ४, २०७४ आईतबार

चैत ४, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर लोकन्थलीका २२ वर्षीय सुरेश शाक्य छन् । उदयपुरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४७८० नम्बरको बसमा सवार शाक्य चेकजाँचका क्रममा पक्राउ परेको प्रहरी निरीक्षक केशव भट्टले बताए ।

शाक्यबाट नुफिन २० एम्पुल, फेनार्गन २० एम्पुल, डाईजाल्याव २० एम्पुलका साथै नाईट्राजेपाम ३ ट्याव्लेट र ट्रामाडोल ८ ट्यावलेट अवैध लागूऔषध वरामद गरिएको छ । शाक्यलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com