जिप दुर्घटनामा आठ घाइते


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

चैत ३, बागलुङ। सदरमुकामदेखि कुश्मिसेरा जाँदै गरेको ध१प २९३ नंको पिकअप जिप शनिबार साँझ बागलुङ नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएका छन् ।

घाइतेको धवलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी बताए।

घाइतेमध्ये दुईजनाको अवस्था जटिल रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर जिप दुर्घटनामा परेको हो । रासस

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com