प्रेमीको साईवर आतंकको शिकार बनिन र ज्यान हालिन यी १९ वर्षिय युवती (नालीबेलीसहित)


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

प्रेम सुनार/चैत ३, गुल्मी । गुल्मीमा ६ वर्षिया वालिका वलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को जघन्य महिला हिंसा पछि एक युवती ज्यान हाल्न बाध्य भएकी छन् ।

लामो समय देखि प्रेमसम्वन्ध रहेको र विवाह गर्ने प्रलोभन देखाउँदै आएको बताईएका यहाँका एक युवाले आफु सित जोडेर हिजो दिउँसो तस्वीर राखेर वदनाम गराई दिए पछि गुल्मी सिमिचौरकी १९ वर्षिया युवती निशा वस्नेतले आफ्नो घर मै गलामा पासो लगाएर ज्यान हालेकी हुन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमिचौर तोलाङ्ग निवासी बस्नेत सदरमुकाम तम्घासमै वसेर रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा १२मा अध्ययन गर्दै आएकी थिईन् । उनले ज्यान हाल्न वाध्य गराउने सिमिचौर आँमडाँडा कल्लेरी गाउँका युवा दिपक पाण्डे भएको परिवारजनले आरोप लगाएका छन् ।

मृतकका दाजु भरतबहादुर बस्नेतले निज पाण्डेलाई ईङ्गित गर्दै उनले वहिनीलाई फेसबुकमा ज्यान मार्ने सम्मको धम्की दिएको र हिजो मात्र वहिनीको नाममा फेसबुक आईडि बनाएर कभरफोटो वहिनी संगै उनि आफु वसेको राखी बदनाम गरेको बताए । उनले आज त्यसवारे अनुसन्धान र छानविनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका छन् ।

ज्यान दिन्छु भन्नेले नै ज्यान हाल्ने बनाए

सदरमुकाम तम्घासमा उनि संगै कोठामा बस्दै आएकी उनकी साथी कमला गौतमले फोनमा पटकपटक दिपक पाण्डेले धम्काउन थाले पछि निशाले केहि दिन देखि फोन स्वीचअफ गरेर बसेकी थिईन ।

फोन स्वीच अफ गरेपछि साथीको फोन मार्फत हिजो आफु तम्घासकै कोठामा आउछु भन्दै धम्काएका थिए । गौतमले भनिन्–‘ उनिहरु विच क्याम्पस पढ्न थाले देखि प्रेम सम्वन्ध थियो भन्ने मलाई थाह छ ।’

फोनमा कहिले मिल्थे कहिले झगडा गर्दथे । कक्षा १२ को पढाई सोही क्याम्पसमा पढेर कमल भेटेनरी प्राविधिक शिक्षा लिनका लागि अर्घाखाँची गएका थिए । पढाई सकेर जागिर खाने र त्यस लगत्तै उनिहरु विच विवाह सम्वन्ध गर्ने कुरा भएको थियो ।

हर कुरामा दिपकले जित्नै पर्ने । उनलाई हरेक दिन मोवाईलमा पैसा राखी दिनै पर्ने नराखे धम्काई हल्ने त्यसबाट आजित थिईन निशा । हिजो उ कोठा मै आउँछु भनेपछि विहान ११ वजे उनि सिमिचौर घरमा गएकी हुन् ।

उनि कोठामा नरहेको थाह पाए पछि दिपकले उनको नामका अगाडी मो राखेर उनको नाममा आईडी खोली हाल्यो ।जसको कभरमा उनिहरु दुई जना अंकमाल गरेको तस्वीर सवैले देख्दा चकित परियो ।

त्यसो त उसले निशाको त्यस आईडीमा पहिला पनि आफ्नो चेहरा ढाकेुर निशाको चेहरा देखाउँदै सताउँदै आएको थियो । त्यो तस्वीर राखेको दुई तिन घण्टान वित्दै त्यस्तो दुखत खवर सुन्नु प¥यो ।

विहे गर्छु् भन्नेलाई बेश्याको सज्ञा

उनि संगै पढ्ने अर्की साथी पवित्रा पाण्डेको फेशबुक म्याजेन्जरमा दिपक पाण्डेले निशालाई बेश्याको सज्ञा दिएर लेखेका छन् । उनले लेखेका छन तेरीसाथी निशा वेश्या रहिछ, उसलाई ज्युँदै जलाउँ छु जस्ता कुराहरु पनि पवित्र पाण्डेको फेशबुक म्यासेन्जरमा लेखेका छन् । पवित्राले निजले प्रेमीका बनाएको नाममा पछिल्लो चरण निशालाई कमलले निकै ठुलो तनाव दिदै दवावमा राख्दै आएको बताईन ।

यहाँबाट सुरु हुन्छ उनिहरुको प्रेम सम्वन्ध

उनिहरु सिमिचौरको भगवती माध्यामिक विद्यालयमा पढ्दा देखि नै नजिकका साथी थिए । दिपक निशा भन्दा एक व्याज सिनियर थिए । तम्घास क्याम्पस बढ्न आउन थाले पछि उनिहरुको प्रेम सम्वन्ध फक्रिन थालेको उनका साथीहरु बताउछन् ।

घर जाँदा आउँदा उनिहरु एक अर्का संग छुटिदैनथे । कोठामा उनिहरु विच दैनिक विच विचमा गफ हुनै पर्ने । अर्घाखाँचीमा पढ्न कसेका दिपक सामान्य परिवारको भएका कारण आर्थिक समस्याले गर्दा पैसा चाहियो कि निशालाई भनि हाल्ने ,मोवाईल खर्च पनि निशाले नै पुराउन पर्ने ।

आफुले सके सम्म निशाले त्यो खर्च पुराउँदै आएकी थिईन । पढुन सम्म त हो नि, म जागिरे भए पछि त कमाई तिमै्र त हो नि जस्ता गफहरु पनि फोनमा चल्ने गरको निशाका नजिकका साथीहरु बताउँछन् ।

दिपक अर्घाखाँची गए पछि जति टाढा माया उति नजिक भने झै उनिहरुको प्रेम झन झाँङ्गिदै गएको थियो । पलपलको च्याट र फोन विना उनिहरु बाँच्नै नसक्ने भई सकेका थिए । तर पछिल्लो चरण दिपकको जिद्धिवानी, हरवखत खर्च पठाउन दवाव दिनुको तनावले फोन नै स्वीजअफ गर्न थालिन ।

त्यसको रिसले चुर बनेका दिपकले उनिहरु संगै अंकमाल गरेको गोप्य तस्वीरलाई जोडिका रुपमा फेसबुकमा राखी दिए । अन्त्तः त्यति लामो प्रेमको अन्त्य यति ठुलो घटना संगै हुन पुगेको छ।

साईवर आतंक विरुद्ध उत्रिन्छौंः अधिकारकर्मीं

यस घटनाको विषयलाई लिएर यहाँका अधिकारकर्मीहरु साईवर अपराध विरुद्ध कडा रुपले उत्रने चेतवानी दिएका छन् । अधिकारकर्मी त्यस क्याम्पसका विद्यार्थी र नागरिक समाज आज साईवर अपराधीलाई कडा भन्दा कडा कार्वाह गर्नु अनुरोध गर्न जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन समेत गएका छन् ।

नेपाल मानव अधिकार संगठन गुल्मी जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेसकी जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटाले यस अघि पनि थुप्रै महिलाहरु पुरुषहरुको साईवर आतंकका कारण ज्यान गएको स्मरण गर्दै अव साईवर अपराधीको कार्वाहीका लागि कडा रुपमा उत्रने चेतवानी दिईन ।

त्यस्ता विरुद्ध कडाईका लागि लाग्न संवन्धित निकायले ढिलाई गरेको छ , पाण्डेले भने यो क्रम बढ्दै जाँदा अरु थप त्यसबाट शिकार हुने छ । रेसुङ्गा क्याम्पस प्रमुख हरिबहादुर खत्रीले साईवर अपराधबाट जो जसरी शिकार भएमा अभिभावक वा साथी संग भनेर संविन्धत निकायमा पुग्नु पर्ने तर यसरी ज्यान हाल्न नहुने सुझाव दिए ।

आरोपी पाण्डे पक्राउ

यो समाचार लेख्दा लेख्दै निशा वस्नेतलाई साईवर अपराध गरेका आरोपी दिपक पाण्डेलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै छ ।जिल्ला प्रहरी प्रमुख एसपी अनुराग द्धिवेदीले निजलाई पक्राउ गरी सकिएको जानकारी दिएका हुन् ।

यो घटनाले पाण्डेले जागिर खाने र विवाह गर्ने सपना देखे देखाएका थिए भने वस्नेतले उनि संगको सुन्दर भविश्यको सपनामा रमाउँदा् रमाउँदै त्यो लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा ज्यानै गुमाउनु परेको छ । यस्ता घटनाबाट तपाई पनि सचेत हुने कि ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com