बदाई छ धुर्मुस- सुन्तलीलाई ‘फिल्मिखबर बर्ष व्यक्ती’ सम्मान हुनु भएकोमा


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

बदाई छ धुर्मुस- सुन्तलीलाई ‘फिल्मिखबर बर्ष व्यक्ती’ सम्मान हुनु भएकोमा …..

अभिनय संगै पछिल्लो समय समाजसेवामा सक्रिय धुर्मुस-सुन्तलीको जोडीलाई बर्ष व्यक्तिको रुपमा सम्मान गरिएको छ।

हरेक बिहिबार प्रकाशन हुदै आको ‘फिल्मिखबर’ साप्ताहिकले आफ्नो नवौ बार्षिक उत्सवको अवसरमा वर्ष व्यक्ति पुरुष र महिलाको रुपमा सिताराम कट्टेल र कुन्जना घिमिरेलाई सम्मानित गरिएको हो।

फिल्मिखबर साप्ताहिकले बर्ष व्यक्तिको रुपमा हरेक बर्ष सम्मान प्रदान गर्दै आएको हो। कुन्जना र सीतारामले सम्मानले आफुलाई अझ बढी केहि गर्ने हौसला दिएको बताएका छन्। चार वटा नमुना बस्ति निर्माण पश्चात धुर्मुस- सुन्तली नमुना नेपाल निर्माणको तयारीमा रहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com