भारतीय डाक्टरद्वारा विश्वकै सबैभन्दा ठूलो मस्तिष्क ट्युमरको सफल शल्यक्रिया


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

चैत ३, काठमाडौँ । ३१ वर्षे पुरुषबाट १।८ किलोग्रामको ब्रेन ट्युमर हटाउने शल्यक्रियामा सहभागी भारतका डाक्टरहरुका अनुसार यो ट्युमर संसारको सबैभन्दा ठूलो हुनसक्ने बताए ।

सात घण्टा लामो सो शल्यक्रिया १४ फेब्रुअरीका दिन पश्चिमी मुम्बईस्थित नायर हस्पिटलमा भएको थियो ।

तर शल्यक्रिया पूर्ण सफल भएको विश्वस्त नभएकाले डाक्टरहरुले त्यसको समाचार ढिलो गरी सार्वजनिक गरेका हुन् ।

“उनको स्वास्थ सुधारको क्रममा रहेको छ । अब उनी खतरा बाहिर छन् ।” शल्यक्रियामा संलग्न न्यूरोसर्जन प्रमुख डा. त्रिमुर्ती नद्कर्नीले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर प्रदेशको उत्तरी भेगमा किराना पसल चलाएर बसेका सन्तलाल पाल विगत तीन वर्षदेखि ट्युमरका साथ बाँचिरहेका थिए ।

डाक्टरहरुले भनेअनुसार ट्युमरको कारण पालको दृष्टि नै गुमेको थियो । शल्यक्रियापछि स्वास्थलाभ गर्नेक्रममा उनले आफ्नो गुमेको दृष्टि पुनःप्राप्ति गर्ने डाक्टरहरुले आशा गरेका छन् ।

उनकी श्रीमतीले हिन्दु पत्रिकासँग बौल्दै उत्तर प्रदेशका तीन हस्पिटलहरुमा देखाउँदा त्यहाँका डाक्टरहरुले उनको श्रीमान्को ट्युमर शल्यक्रिया गर्न नमिल्ने भनेको बताइन् ।

“यस्तो केसहरु निक्कै जटिल हुने गर्छन्,” डा. नद्कर्नीले भने । उनले यसको जटिलता दर्साउन सो शल्यक्रियाको क्रममा पाललाई ११ युनिट रगत चढाउनुपरेको सन्दर्भ सम्झिए ।

शल्यक्रियापछि उनलाई केही दिन भेन्टिलेटरमा राखिएको थियो । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com