उपसभामुखमा एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

चैत २, काठमाडौं । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी छिन्।

प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त पाएकी थिइन भने प्रतिष्पर्धी नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ पाइन् । निर्वाचनमा २५९ सासदले मतदान गरेका थिए ।

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com