आज १४ जना मन्त्री थपिने


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्। साँझ साढे पाँच बजे नयाँ मन्त्रीहरूले सपथ लिने कार्यक्रम छ। यसअघि ४ बजे सपथ ग्रहण हुने भनिए पनि दलहरूले मन्त्री छान्न समय लगाएकाले सपथको समय सरेको हो।

एमालेका ७, माओवादी केन्द्रका  ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज सपथ लिने भएका छन्। आज १४ जना मन्त्री थपिएपछि ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने भएको छ।

फोरमसँगको भागबन्डापछि सरकारले यसअघि कायम गरिएका १७ मध्ये तीन मन्त्रालय फुटाएर २० बनाउने निर्णय गरेको छ।

माओवादीबाट आज थपिने मन्त्रीमा गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत छन्। जनार्दन शर्मा र बलदेव शर्मामध्ये एक जना मन्त्री हुने माओवादी स्रोतले जानकारी दियो। त्यसको निर्णय भने अध्यक्ष  पुष्पकमल दाहालले गर्ने छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन्।

उनीहरुमध्ये यादव सहरी विकास र श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने सम्भावना छ।

माओवादीले शिक्षा, उर्जा, कृषि, वन, सिँचाइ मन्त्रालय पाएको छ। माओवादीबाट गिरीराजमणि पोरखेलले शिक्षा र वर्षमान पुनले उर्जा मन्त्रालय सम्हाल्ने टुंगो भएइ पनि अरुको मन्त्रालय टुंगिन बाँकी छ।

एमालेले परराष्ट्र, भौतिक पूर्वाधार, स्थानीय विकास, पर्यटन, सामान्य प्रशासनलगायत ९ मन्त्रालय परेका छन्।

एमालेबाट मन्त्री बन्नेमा प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारी र रघुवीर महासेठको नाम  टु‌ंगिए पनि बाँकी पाँच जनाको नाम टुंगो लगिसकेको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com