मन्त्रीहरुको टुंगो लाग्यो, प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

बाम गठबन्धनले मन्त्रीको टुंगो लगाएको छ । नेकपा एमालेले पाँच मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालय दिइनेछ ।

नेता गोकुल बास्कोटा सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् ।

यस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

त्यसैगरी, माओवादी केन्द्रबाट वर्षमान पुन–उर्जा, गिरिराजमणी पोखरेल–शिक्षा, शक्ति बस्नेत–वन, चक्रपाणी खनाल–कृषि तथा शहकारी र विना मगरलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले जनाएको छ ।

त्यस्तै, संघीय समाजवादी फोरमबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले पनि आजै सपथ लिने तयारी भएको छ । तर अहिलेसम्म फोरमबाट मन्त्रीको टुंगो लागिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सरकारमा सहभागी हुने सम्भावना छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com