करेन्ट लागेर ७ वर्षीय बाललकको ज्यान गयो


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

चैत २, चितवन । चितवनको भरतपुर महानगरपालिका–२१ स्थित रतनपुरका करेन्ट लागेर शुक्रबार एक बालकको मृत्यु भएको छ। चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बिहान करिब ९ बजेको समयमा करेन्ट लाग्दा स्थानीय सोमबहादुर तामाङका ७ वर्षीय छोरा हिमबहादुर तामाङको ज्यान गएको हो। उनको शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको ढकालले जानकारी दिए। घरअगाडि खेल्ने क्रममा लत्रिएको विद्युतको तार समाउन पुग्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com