आज बिहान कपास उद्योगमा भीषण आगलागी हुँदा करिब ४० लाखको क्षति


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

चैत २, चितवन । चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृति कपास उद्योगमा आगलागी भएको छ ।

शुक्रबार बिहान करिब ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेका कपासलगायतका वस्तु जलेको छ भने मेसिन पनि पूर्ण रुपमा क्षति भएको छ ।

उद्योगकी सञ्चालिका सम्झना कोइराला काठमाडौंमा भएका कारण क्षतिको पूर्णविवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका थिए ।

हाल आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com