जसको दोस्रो अन्तर्राष्ट्रिय उडान नै अन्तिम बन्यो
प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार
चैत २, काठमाडौं । २५ वर्षीया पृथुला रशिदका लागि सहचालकका रूपमा त्यो दोस्रो अन्तर्राष्ट्रिय उडान थियो ।
उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान पनि काठमाण्डूमै गरेकी थिइन् ।
उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै आएकी थिइन् । कुरा गर्दै उनकी आफन्त तासामिन रहमान ओमीले भनिन् – उनका बुवाआमालगायत परिवारका धेरै जनालाई पृथुला विमानचालक बन्ने कुरा मन परेको थिएन ।
उनका बुवाआमाले आफ्नी एक मात्र सन्तानले निरन्तर जोखिम भइराख्ने पेसा अँगाल्ने कुरा स्वीकार्न सकेका थिएनन् ।
एक मात्र सन्तानले जीवनमा निरन्तर जोखिम हुने पेशा अँगालेको स्वीकार गरिरहेका थिएनन् ।
रहमानले भनिन्, ‘उनले यो पेशा अँगालेदेखि नै यस्तो प्रकारको जोखिम हुन्छ भन्ने हामीलाई थाहा थियो, तर उनी आफ्नै रुचीका कारण विमानचालक बन्न पुगिन् ।’
पृथुला रशिद निकै जिज्ञासु स्वभावकी थिइन् ।
उनी विभिन्न प्रकारका विषयहरुबारे जान्न चाहन्थिन् ।
तासामिन रेहमान ओमीले रशिदको मन एकदम कमलो भएको र उनले घरमा खरायो र माछा पालेकी पनि बताइन् ।
‘रशिदले सडकका भुस्याहा कुकुरहरूलाई पनि धेरै माया गर्ने गरेको बताउँदै, सानो छँदा उनले आफ्नो बुवाको इन्हेलरको प्रयोग गरेर सासको समस्या भएको कुकुरको उपचार गर्ने प्रयास गरेकी थिइन् ।
‘उनको उपस्थिति नै अरुलाई सहज अनुभव गराउन पर्याप्त हुने खालेको थियो । कसैको मन खिन्न रहेको छ भने पनि त्यो व्यक्ति पृथुलाको कुरा सुनेर तुरुन्तै खुशी हुन सक्थ्यो ।’
सोमबार काठमाडौं मेडिकल कलेजले युएस बाँग्ला विमान दुर्घटनामा मृत्यु हुनेमा सहचालक पृथुला रशिद पनि रहेको पुष्टि गरेको थियो । बीबीसी






