किरात प्रदेशकोलागि अमेरिकामा हस्ताक्षर अभियान 


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

-सुरेश चाम्लिङ्ग

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (किरात राइ यायोखा अमेरिका) को  बृहत भेलाले किरात राई यायोखा नेपालले संचालन गरेको १ न प्रदेश लाई ” किरात प्रदेश” नामाकरण हस्ताक्षर अभियानमा आफ्नो एक्यवद्दता जाहेर गर्दै हस्ताक्षार अभियान संचालन गरेको छ । युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईको सभापतित्वमा न्यु हेम्प्शायर राज्यमा बसेको भेलामा केन्द्रिय सभापति बिष्णु राईले हस्ताक्षर अभियान सम्बन्धमा आफ्नो मन्तब्य राख्नु भएको थियो ।

उहाले किरात एउटा जातीको नाम मात्र नभएर यो एउटा नेपाली सभ्यता हो भन्नु भयो/प्राचीन इतिहासमा नेपाल हुनु भन्दा अगाडी किरात सभ्यता थियो र त्यसैलाई निरन्तरता दिदै पंचायत कालमा पनि पूर्वी क्षेत्रलाई पल्लो किरात,माझ किरात र वल्लो किरातमा विभक्त गरिएको थियो भन्नु भयो । जब २०१८ सालमा चौध अञ्चल र ७५ जिलाको नामाकरन भयो सोहि समय देखि किरात भन्ने नाम काटिएको हो, तर पनि अहिले सम्म पुराना लिखत हरुमा किरात नाम यद्यपि कायम छ । किरात प्रदेश नामकरण हुदैमा कोहि पनि आत्तिनु हुदैन यो एउटा पहिचान र सभ्यताको आदर हुने भएकोले खुशी हुनु पर्ने हो भन्नु भयो ।उहाले हस्ताक्षर अभियानमा अर्गनाइजेसनको सम्पूर्ण लोकल च्याप्टर हरुलाई निर्देशन दिने समेत बताउनु भयो ।

न्यु इंग्ल्याण्ड च्याप्टर सचिव शेखर राईको संचालनमा भएको उक्त भेलामा आगामी मे १९ मा बोस्टनमा हुने साकेला कार्यक्रमको भब्य तयारीको लागि कामको बाडफाड साथै सहयोग राशी संकलन गरिएको थियो । यसरि नै बर्षेनी साकेलाको उपलक्षमा अर्गनाइजेसनको आयोजनामा रक्तदान गरिने हुदा आगामी अप्रिल १४ मा रक्तदान गरिने अमेरिकी रेडक्रस संग कार्यक्रम तय गरिएको कुरा सभापति मुक्ति नारायण राइले जानकारी गराउनु भएको थियो । वार्षिक आयव्ययको विवरण सभापति मुक्ति नारायण राई स्वयम्ले प्रस्तुत गर्नु भएको थियो। स्वागत भासण उपाध्यक्ष अनिता राइले गर्नु भएको थियो भने नेपाल बाट आउनु भएका नव आगन्तुकहरु धनकुटा आहाले निवाशी बसन राई उहाको श्रीमती स्वर्णिम राई,सोलुखुम्बु निवाशी तिलक कुलुङ्ग र पोखरा निवाशी तेजेन्द्र खत्री साथै अमेरिका भ्रमणमा रहनु भएको मोरंग पत्थरी निवाशी लक्ष्मी कुमार राई र उहाको श्रीमती संगीता राईलाई अर्गनाइजेसनका बरिस्ट व्यक्तित्वहरु शिब कुमार राई ,दुर्गा राई,निंगमा राई ,सुरेश चामलिंग लगाएतले उहा हरुलाई खादा ओढाएर र केक काटेर स्वागत गरिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com