भक्तपुर अस्पतालमा आजदेखि आँखा उपचार सेवा शुरु


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

चैत १, भक्तपुर । भक्तपुर अस्पतालले आजदेखि आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ।

भक्तपुर अस्पताल, भक्तपुर अप्टिकल र योयो युनिटीले संयुक्त रुपमा सेवा शुरु गरेको योयो युनिटीका सचिव अरुण साँयजुले जानकारी दिए।

योयो युनिटीको १६ लाखको लागतमा भक्तपुर अप्टिकलको प्राविधिक सहयोग र अस्पतालको व्यवस्थापनमा सामान्य आँखाको शल्यक्रियासमेत गर्नेगरी सेवा शुरु गरिएको हो। चिकित्सकको सिफारिशबमोजिम बिरामीको आवश्यकताअनुरुप चश्माको पावर निर्माण गरी सहुलियत दरमा चश्मा वितरण गरिने उहाँले जानकारी दिए। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com