उत्कृष्ट कामको कारण धुर्मुस-सुन्तली ‘बर्ष व्यक्ति’ घोषित


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

रेक बिहीवार प्रकाशन हुँदै आएको ‘फिल्मीखबर’ साप्ताहिकले आफ्नो नवौं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा बर्ष व्यक्ति पुरुष र महिला पनि घोषणा गरियो ।

बर्ष व्यक्ति पुरुषतर्फ सिताराम कट्टेल (धुर्मुस) लाई सम्मान गरियो भने, कञ्जना घिमिरे (सुन्तली) लाई बर्ष व्यक्ति महिलातर्फ सम्मानित गरियो । फिल्मीखबरले प्रत्येक वर्ष ‘फिल्मीखबर बर्ष व्यक्ति’ को रुपमा सम्मान गर्दै आइरहेको छ ।

सम्पादक शान्तीप्रियले अहिलेको जमानामा फिल्म सम्बन्धी साप्ताहिक पत्रिका सञ्चालन गर्नु आफैंमा चुनौती भएको भन्दै यसमा आफूहरु सफल भएको बताए ।

सम्मानित भएका कलाकार तथा समाजसेवी सितारामले यो सम्मानले आफूलाई अझ हौसला मिलेको बताए । यस्तै, कुञ्जनाले यस्तो सम्मानले आफूलाई अगाडि बढ्न उर्जा मिलेको बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com