विमान दुर्घटनामा मृत्यु भएको भनिएका एमबीबीएस विद्यार्थी समीरा ब्यञ्जनकार खतरा मुक्त


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बंगलादेशको यूएस बंगला विमान दुर्घटनामा परी बंगलादेशबाट एमबीबीएस सकाएर नेपाल फर्किएका १९ जना बिद्यार्थीहरु मध्ये १३ जनाको ज्यान गएको भन्ने समाचार आएको थियो ।

उक्त समाचारमा एमबीबीएसको बिद्यार्थी समीरा ब्यञ्जनकारको पनि मृत्यु भएको समाचार आएको थियो । तर मृत्यु भएको भनिएका समीरा ब्यञ्जनकार जिवितै रहेको समाचार आएको छ ।

समीरा ब्यञ्जनकारको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको फेसबुकबाट सुनिल ब्यञ्जनकारले जानकारी दिनुभएको छ ।

सुनिल ब्यञ्जनकारले फेसबुकमा एउटा स्टाटस सार्वजनिक गर्नु हुँदै समीरालाई श्रद्धाञ्जलि प्रकट नगरिदिन आग्रह गर्नुभएको छ । समीरा ब्यञ्जनकार सामान्य अवस्थमा रहेको र केएमसी अस्पतालमा उपचार भइरहेको भन्नुभएको छ साथै समीराको स्वास्थ्य स्थिति खतरा मुक्त रहेको जानकारी दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com