प्रधानमन्त्री अाेलीले भने – कुनै हालतमा रेशम चाैधरीलार्इ छाड्दिन, म थिति बसाल्न अाएकाे हुँ, बेथिति हाेइन


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

एक नावालकसहित ९ सुरक्षाकर्मीकाे साढे दुर्इ वर्षअघि निर्मम हत्या भएकाे टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चाैधरी यतिवेला वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

लगातार सात दिन अनशन बसेपछि थला परी ढलेका उनलार्इ कैलाली कारागारबाट केन्द्रीय कारागार काठमाडाैं सरूवा गरिएकाे छ भने वीरमा उपचार भइरहेकाे छ ।

उनलार्इ भेट्न दिनहुँ विभिन्न दलका नेताहरू जाने गरेका छन् । अादिवासी जनजाति, थारू र मधेसी नेताकाे भीड नै लाग्ने गरेकाे छ । जाेसँग पनि रेशम चाैधरीले नम्र हुँदै अाफ्नाे रिहाइका लागि पहल गर्न याचना गरिरहेकाे देखिन्छ ।

२९ गते भने दृष्य अलि फरक देखियाे । अस्पताल पुगेका राजपा नेपालका अध्यक्ष मण्डलका संयाेजक महन्थ ठाकुरसँग उनी अाक्राेशित भए । ठाकुर अाउने बित्तिकै उनले भने, ‘तपार्इंहरूकाे लागि मैले के सम्म गरिन ? अहिले मलार्इ धाेका भयाे । तपार्इंले भनेकै कारण म अात्मसमर्पण गर्न अाएँ । तर, अहिले मलार्इ अस्पतालमा उपचार गराइरहँदा पनि खुट्टामा सांग्लाे लगाएर पशुलार्इ झैँ बाँधिएकाे छ । याे के हाे ?’

चाैधरीले अाक्राेशित हुँदै झम्टिएपछि ठाकुरकाे अनुहारमा पनि परिवर्तन अायाे । त्यसपछि चाैधरी रून थालेका थिए । ठाकुरले पनि उनलार्इ बाँधिएकाे सांग्लाे हेरे र अाँसु बगाए ।

फाेटाे खिच्न खाेज्दा सुरक्षाकर्मीले राेकेपछि केहीबेर भनाभन नै भयाे । त्यसपछि ठाकुरले गृहमन्त्रीलार्इ फाेन लगाए । तर, गृहमन्त्रीसँग कुरा हुन पाएन । त्यसपछि प्रधानमन्त्री केपी शर्मा अाेलीसँग कुरा गरे ।

प्रधानमन्त्रीलार्इ उनले चाैधरीकाे रिहाइका लागि ठाडाे अाग्रह गरे । अाफूहरूले सरकारलार्इ त्यसै समर्थन नगरेकाे भन्दै उनले तत्काल रिहाइ हुनुपर्ने बताए । तर, प्रधानमन्त्रीले अपराधकाे विषयमा अदालतमा मुद्धा चलिरहेकाले अाफूले केही गर्न नसक्ने भने ।

अदालतकाे क्षेत्राधिकारमा पुगिसकेकाले अब के फैसला अाउला त्याे हेराैँ । अनुसन्धान गर्ने र मुद्धा लगाउने निकायका साथै अदालतमाथि पनि वर्तमान सरकारले कुनै हस्तक्षेप गर्दैन भन्ने प्रधानमन्त्रीकाे ठाडाे कुरा थियाे ।

विगतमा यस्तै राजनीतिक हस्तक्षेपले सबै क्षेत्र तहसनहस भएकाे भन्दै प्रधानमन्त्रीले सम्झाएपछि रिसाउँदै ठाकुरले फाेन राखे ।

अहिले पनि चाैधरी वीरमै झन् । उनकाे खुट्टामा सिक्री बाँधिएकाे छ । दिनरात झन्डै २ दर्जन प्रहरीकाे सुरक्षा पहरा त्यहाँ तैनाथ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com