जनप्रतिनिधिमाथि हमला सुरु भएको भन्दै गम्भीर बन्न प्रचण्डले गरे, आग्रह


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

फागुन ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमाथि हमला सुरु भएको भन्दै त्यसप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् र प्रदेशसभाका सांसदहरुको सम्मानमा आयोजना गरेको चियापानमा बोल्दै अध्यक्ष प्रचण्डले जनताका प्रनिनिधिले जनताको पक्षमा काम गर्न लाग्दैगर्दा शृङ्खलाबद्ध हमलाको योजना गम्भीर कुरा भएको बताए । परिवर्तनकारी शक्तिहरु एकजुट हुँदा केही शक्तिको स्वर्गमा भूकम्प गएपछि नियोजित रुपमा विभिन्न घटनाहरु गराउन थालिएको उनले बताए ।

‘जनप्रतिनिधिमाथि हमला शुरु भएको छ, कैलालीमा, भैरहवामा एकजना व्यवसायीमाथि फेरि हमला भयो,’ प्रचण्डले भने, ‘ठाउँठाउँमा जनप्रतिनिधिमाथि हमला गर्ने योजनाको कुरा हामीले सुनेका छौं, जनताका प्रनिनिधिले जनताको पक्षमा काम गर्न लाग्दैगर्दा शृङ्खलाबद्ध हमलाको योजना गम्भीर कुरा हो ।’

वाम गठबन्धनमा अन्तरविरोध सिर्जना गर्न नियोजित रुपमा गलत प्रचार भएको भन्दै प्रचण्डले १० वर्षअघि एउटा सन्दर्भमा आफूले बोलेका कुराहरुलाई अहिले सामाजिक सन्जालमा भाइरल बनाइएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com