प्रधानन्यायाधीश पराजुलीले ४ बजे राष्ट्रपतिलाई सपथ खुवाउँदै


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ४ बजे सपथ खुवाउने भएका छन्। संविधान अनुसार राष्ट्रपतिले प्रधान न्यायाधीशसँग सपथ लिनुपर्ने हुन्छ। सपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ।

भण्डारी मंगलबार भएको राष्ट्रपति निर्वाचनमा दुई तिहाई मतभारका साथ विजयी भएकी थिइन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

सर्वोच्चका न्यायाधीश समेत न्याय सम्पादनमा पराजुलीलाई अलग राख्नुपर्ने भन्दै विरोधमा रहेका बेला विवादीत प्रधान न्यायाधीश पराजुलीबाट सपथ नलिन केहीले भण्डारीलाई सुझाएका थिए।

भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले प्रधान न्यायाधीशसँग सपथ लिने बताए। भण्डारीको कार्यकाल पाँच बर्षको हुनेछ।

 

उनी यसअघि संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन्।

नेपालको संविधानको धारा ७१ मा ‘आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिले संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनियताको समथ लिने’ व्यवस्था छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com