गुल्मीको रेसुङ्गा वनमा भीषण आगलागी


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

फागुन ३०, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वन क्षेत्रमा भीषण आगलागी भएको छ। मंगलबार साँझबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। सयौं रोपनी क्षेत्रफल रहेको रेसुङ्गा वन क्षेत्रको गौशलाबाट सल्किएको आगो नियन्त्रणका लागि रातभर नेपाली सेना बिरभद्रजंग गुल्म धागीथुम ब्यारेक, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, जिल्ला प्रहरी कार्यालयको टोली र सदरमुकाम तम्घासका बासिन्दा खटिदा पनि नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। अहिले थप सुरुक्षा निकाय र स्थानीयवासी त्यहाँको आगो नियन्णका लागि गएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। अर्यालका अनुसार आगो कसले र कसरी लागेको भन्ने बारेमा अनुसन्धान भईरहेको जानकारी दिए। विरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमतबहादुर कार्कीले राती अबेरसम्म जोखिममा पर्ने स्थानमा नियन्त्रण गरी सेना र अन्य सुरक्षा निकायको टोली फर्किएको र अहिले थप सुरक्षाहित लागिएको छ। आगो नियन्त्रणमा नआए वन क्षेत्रका पराल्मी , वलिथुम, गौडाकोट, दुविचौर , तम्घास र अर्खले सम्मका घर वस्तीहरु जोखिममा पर्नेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com