अबदेखि सार्वजनिक सवारीका चालक तथा सहचालकले पोशाक लगाउनुपर्ने


प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार

 

फागुन ३०, काठमाडौं । आगामी चैत ६ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीका चालक तथा सहचालकले विशेष पोशाक ९ड्रेस० लगाउन थाल्ने भएका छन् ।

पहिलो चरणमा उपत्यकाभित्रका माइक्रो बसका चालकहरुले विशेष पोशाक लगाउने भएका छन् । यो व्यवस्थालाई क्रमैसँग बाहिरी जिल्लामा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

यातायात मजदुरको पहिचान झल्किने गरी विशेष ड्रेस कोड तोकिएको र त्यसको सुरुवात माइक्रोबसबाट गर्ने तय भइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

चैतको ६ गतेबाट माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । गर्मी सुरु भएकाले उनीहरुले पातला ‘विन्ड चिटर’ लगाउने छन् ।

महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्न केही महिनाअघि देखि नै प्रयास थालेको थियो ।

उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्म तोक्ने विषयमा सहमति जनाइसकेका छन् । महाशाखा प्रमुख सर्वेन्द्र खनालले लामो समय व्यवसायीसँग छलफल गरेर यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् ।

अब यातायात मजदुरलाई व्यवसायीहरुले नै आफ्नै खर्चमा पोशाकको व्यवस्था गर्नेछन् ।

सार्वजनिक सवारीमा यात्रुहरु चालक तथा सहचालकबाटै दुब्र्यवहारमा पर्ने गरेका छन् । उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन युनिफर्म तोक्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

‘ड्रेस तोकेपछि यातायात मजदुरको पहिचान सहज हुन्छ । पोशाक लगाएपछि समस्या रहेका चालक र सहचालककको बानी व्यवहारमा सुधार आउँछ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो,’ नायक प्रहरी उपरीक्षक मरासिनीले भने,’भीडभाडमा पनि यातायात मजदुरलाई सजिलै चिन्न सकिन्छ । यसले उनीहरुलाई मर्यादा बस्न र जिम्मेवारी बोध गर्न बाध्य पार्छ ।’

उपत्यकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि अरु बससहित ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ । कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यसलाई लागू गर्न लागिएको हो ।

‘यो लागू भएपछि सार्वजनिक सवारीमा दुब्र्यबहार कम हुन्छ । मजदुरको पनि इज्जत र प्रतिष्ठा बढ्छ,’ मरासिनीले भने,’यसले चालकको आचरणमा पनि सुधार ल्याउँछ । त्यसका कारण दुर्घटनामा पनि कमी ल्याउने सक्छ ।’ मजदुरले तोकिएको ड्रेस लगाउन थालेपछि सार्वजनिक यातायातको गरीमा पनि बढ्ने अपेक्षा ट्राफिक प्रहरीको छ ।

अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनी, एयरपोर्टको प्रिपेड ट्याक्सीले चालकका लागि पोशाक तोकेका छन् ।

विकसित देशहरुमा पनि सार्वजनिक सवारी चलाउनेले आफ्नो पहिचानका लागि विशेष पोशाक लगाउने चलन छ । त्यसलाई नेपालमा पनि लागू गर्नुपर्ने पक्षमा ट्राफिक प्रहरी छ ।

छिमेकी भारतमा पनि सवारी चालकहरुले बेग्लै युनिफर्म लगाउने गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com