इलाममा बच्चा जन्माउनुहोस् र प्रोत्साहशन रकम पाउनुहोस् नियम लागु,सर्वत्र विरोध


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

बिनय तिम्सीना
इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उती नै बढी प्रोत्साहशन रकम पाइने भएको छ । आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनसंख्या बृद्धि गर्न यस्तो नियम बनाइएको हो ।

यस निर्णयले नगरको जनसंख्या बृद्धि गर्ने योजनामा अघि बढेको छ । जस अन्र्तगत इलाम कार्यपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण सुविधामा परिमार्जन गरेको छ ।

नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई दुई हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई तीन हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई चार हजार र पाँचौ पटक र सो भन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई पाँच हजार रुपैंयाँ पोषण सुविधा नगदै दिने निर्ण गरेको छ ।

यसका साथै इलाम नगरपालिकाले पारित गरेको इलाम नगरपालिका कर्मचारी व्यवस्थापन ऐन र शिक्षा नियमावलीमा समेत कर्मचारी तथा शिक्षक–शिक्षिकाहरुले जति पटक बच्चा जन्माए पनि उसले पाउने सुविधामा कुनै कटौती नगर्ने भएको छ ।

नेपाल सरकारले दुई पटक सम्म मात्र बच्चा जन्माउने महिला कर्मचारी, शिक्षिकाहरुलाई सरकारी सेवा सुविधा दिने नियम रहेको छ । नगरपालिकाका मेयर महेश बस्नेतले इलाम नगरको जनसंख्या पलायन हुँदै गएको र त्यसबाट नगरको चहलपहल घट्ने भएकोले जनसंख्या बृद्धि गर्न नगरपालिका लागि परेको बताए ।

उनले भने ‘जनसंख्या समस्या होईन स्रोत हो, यसलाई परिचालन गर्न सक्नु पर्छ ।’ धेरै जनसंख्या भएमा नगरको व्यापारिक, सामाजिक र सांस्कृतिक गतिविधि बढ्ने र यसलाई परिचालन गरी नगरमा विभिन्न सेवा सुविधाहरु थप्न सकिने मेयर बस्नेतले बताए ।

नगरपालिकाले नगरमा भएका सेवा सुविधामा बृद्धि गर्नुको सट्टा यस्तो निर्णय गर्नाले सर्वत्र विरोध सुरु भएको छ । हरित नगरमहिला समूहकी रिना घलेले महिलाहरु लाई मान्छे उत्पादन गर्ने मेसिन नसम्झन चेतावनी दिएकी छन् ।।

इलाममा चयालड केयर सञ्चालन गर्दै अएकी सुनिता कर्माचर्याले भोट बचाउन यस्तो निर्णय गरिएको भन्दै उनीहरुले यस निर्णय खारेज गर्न माग समेत गरेकी छन् ।

इलमनगरपालिकाका पूर्व शिक्षक गणेश कुमार भट्टराईले सवैभन्दा परिवार नियोजनका साधनहरु बन्द गराएर मात्र यो निर्णय लागु गर्ने चुनौति दिएका छन् ।

यता सरकारको भने जनसङ्ख्या बृद्धिदर घटाउनु पर्ने नीति छ । सरकारले जासङ्ख्या घटाउन वभिन्न उपाय र खर्च गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com