पाँच किलो लागू औषध चरेशसहित दुईजना पक्राउ


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

फागुन २९, काठमाडौं  । महानगरीय प्रहरी वृत्त दरबार मार्गको प्रहरी टोलीले पाँच किलो लागू औषध ९चरेश० सहित दुईजनालाई पक्राउ गरेको छ । सादा पोशाकमा दरबार मार्ग वृत्तबाट खटिएको प्रहरी टोलीले काठमाडौं २, लाजिम्पाटबाट चरेशसहित दुई जनालाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तालावाङ ५, रोल्पा घर भई नवलपरासी गैंडाकोट बस्ने वर्ष ३२ का विजय घर्तीमगर र बाबियाचौर ४, म्याग्दी घर भई पोखरा नदीपुर बस्ने वर्ष ३० का सुमन रोका मगर रहेका छन् ।

उनीहरुलाई सोमबार साँझ ७।३० बजे चरेश बिक्री गरिरहेको बेला लाजिम्पाटको द इम्पोरियल क्याफे एण्ड रेष्टुरेष्टबाट पक्राउ गरिएको हो । पक्राउ गरिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको दरबार मार्गका प्रहरी प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com