२ घण्टादेखि छोराको पर्खाईमा थियो, तर डाक्टर छोरा देख्न नै पाएनन


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

वर्षौँको मेहेनत खर्चिएर रिण खोजर पढ्न पठाएको छोरा आज नामको अगाडि डा. थपेर फर्किँदै थियो!वर्षौँ देखि ओईलाएका ओठहरू फेरी आज मुस्कुराउन थालेका थिए! बुवा आमा र बहिनी विमानस्थल बाहिर छोराको बाटो कुर्दै थिए! हातमा सयपत्रीको माला लिएर आमा उभिएकि थिईन्

अनि बहिनी दोसल्ला लिएर अनि बुवा भने नेपाली टोपि लिएर! तर निठुरी दैवले के गरीदियो! ति हार अब मृत छोराको गलामा चढ्ने भो! नाम अगाडि डा. थपेर फर्किएको छोराको नाम अगाडि अब स्वर्गिय थपिने भो! मुटु छिया छिया त त्यति बेला भो जब आफ्नै छोराको मुहार चिन्न नसकिने भो!

यो पनि पढ्नुस

नामको अगाडी डाक्टर थप्छु भन्दै गएको छोरो जब फर्किदा स्वर्गीय थपेर आयो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ जना नेपाली यात्रु रहेको पाइएको छ ।नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार दुर्घटनामा परेको विमानमा ३३ जना नेपाली यात्रु रहेका थिए ।

७१ जना सवार विमानबाट १७ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा केही नेपाली पनि छन् । विभिन्न ट्राभल्स एजेन्सीमा काम गर्ने १६ जना नेपाली तालिमका लागि बंगलादेश गएर फर्कदै थिए ।विमानमा ३७ पुरुष, २८ महिला र २ जना बच्चा रहेका थिए ।यद्यपि नाम सार्वजनिक भएपनि उनीहरुको अवस्था बारे केही जानकारी आएको छैन।
यि हुन विमानमा सवार नेपाली यात्रुहरु दिनेश हुमागाई
शिला बजागाईँ
एलिजिना बराल
चारु बराल
सोबिन्द्र सिंह बोहोरा
बसन्त बोहोरा
समिरा ब्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौडेल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
अञ्जिला श्रेष्ठ
सरुण श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्रकार
बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com