विमान दुर्घटनामा परेर पनि बाँचिन् यि नेपाली चेली


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सोमबार दुर्घटनाग्रस्त यूएस बंगलाको जहाजबाट नेपाल फर्किने बंगलादेशमा एमबीबीएस अध्ययनरत १३ जना नेपाली विद्यार्थीमध्मे एक हुन् अछाम मंगलसेनकी प्रिन्सी धामी।प्रिन्सीले काठमाडौं बसुन्धारा बस्दै आएका परिवारलाई एक दिनअघि मात्र आफू नेपाल आउँदै गरेको खबर गरेकी थिइन्। तर, उनी चढेको जहाज दुर्घटनामा पर्‍यो। दुर्घटनामा उनी गम्भीर घाइते भइन्। उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसीयु ५०५ नम्बर बेडमा उपचार भइरहेकाे छ। तर, उनी खतरामुक्त नरहेको अस्पताले जनाएको छ।

वैदेशिक राेजगारीका क्रममा युएईको दुबईमा रहँदै अाएका प्रिन्सीका बुवा आमा केही केही समयअघि मात्र अस्पताल पुगेका छन्। छाेरीको यस्तो अवस्था थाहा पाएपछि प्रिन्सीकी अामा रुदै थिइन् भने बुवा मनोज श्रीमतीलाई सम्झाउने प्रयास गर्दै थिए। मनोज दुबई पुलिसमा कार्यरत छन्। प्रिन्सी धामी दम्पत्तिका एक मात्र सन्तान हुन्। अछाममा जन्मिएकी प्रन्सी स्कुलदेखि नै पढाइमा अब्बल थिइन्।

अछाम मंगलसेनकी प्रिन्सी धामी।
काठमाडौंको जमलमा रहेको भानुभक्त मेमेरियल स्कुलबाट एसएलसीमा डिस्टिङसन श्रेणीमा उत्तीर्ण प्रिन्सीले लैनचोरको निस्ट कलेजबाट विज्ञानमा ७४ प्रतिशत ल्याई उच्च मावि तह पास गरेकी थिइन्।बंगलादेशको राजीव रवेया मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा सकेर घर बिदाका लागि धामीलगायत १३ जना विद्यार्थी र अन्य यात्रु र चालक दल गरी ७१ जना सवार जहाजमा साेमबार नेपाल अाएको थियो।

घाइतेको अवस्थाबारे रिपाेर्टिङमा अस्पताल पुग्दा प्रिन्सीका आफन्तहरु अस्पतालको पाँचौं तलामा रहेको आइसीयुको गेटमा टिलपिल आँशु र मलिन मुहार लिएर भगवानसँग प्रार्थाना गर्दै थिए, प्रिन्सीको स्वास्थ्यको कामना गर्दै। ‘हामीले भेट्न पाएका छनौं, भगवानले साथ दिन्छन्।’ प्रिन्सीका ठूली आमा बिन्दा धामीले भनिन्, ‘उनी मिहिनेती छन, मिलनसार छन् मायालु पनि ।’

सोमबार यूएस बंगलाको जहाज बंगलादेशको ढाका विमानस्थलबाट दिउँसो साढे १२ बजे काठमाडौंका लागि उडेको थियो। जहाजका चालक थिइन् पृथुला रसिद। उनी पहिलो पटक त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा जहाज अवतरण गर्दै थिइन्।उसो त सोमबारको काठमाडौंको मौसम पनि त्यति सफा थिएन। बादल लागेको थियो तर उडान र अवतरणका लागि खतरा भने थिएन । जहाज नेपाल पुग्दा दिउँसोको २ बजिसकेको थियो।जहाजले अवरतरण गर्दा सामान्यभन्दा बढी समय लगायो। जसो तसो अवतरण भए पनि विमान सन्तुलन गुमाउँदै धावनमार्गको पूर्वतर्फ दुर्घटना ग्रस्त भयो। दुर्घटनामा परी ११ जना एमबीबीएसका विद्यार्थीसहित ४९ जनाले ज्यान गुमाइसकेका छन्। २२ जना यात्रुको राजधानीका विभिन्न अस्पतालमा उपचार हुँदैछ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताले जनाएको छ।

स्रोत थाहा खबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com