प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्ने : लालबाबु पण्डित


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

फागुन २९, काठमाडौं । प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग  जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले बन्द गर्ने घोषणा गरेका छन् ।

मन्त्रालय पुगेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँग कुराकानी गर्दै मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनीकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोला उत्पादन र वितरण बन्द गर्ने बताएका गर्ने बताएका हुन् । वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका उच्च रहेको भन्दै मन्त्री पण्डितले सडकलार्इ स्वच्छ राख्न सबै व्यवसायीहरुलाई सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्नुपर्ने बताए ।

भेटमा वातावरणीय प्रदूषणलाई न्यून गर्न अबलम्बन गर्नुपर्ने उपायकाबारेमा छलफल भएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com