राष्ट्रपति निर्वाचनः राप्रपाको मत विद्या भण्डारीलाई


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

९ फागुन, काठमाडौं । राप्रपाले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने भएको छ । राप्रपा प्रवक्ता भुवन पाठकले मंगलबार विज्ञप्ति निकालेर भण्डारीलाई मतदान गर्ने जानकारी दिएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै वृहत्तर राष्ट्रिय हित, एकता र प्रजातन्त्रको संरक्षण सम्बर्द्धनको साथै सबै पक्षहरुको बीच संयोजनकारी भूमिकाको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको छ ।

मंगलबार हुने राष्ट्रपति निर्वाचन भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई उम्मेदवार छन् । राप्रपाबाट बिभाजन भएर गठन भएको राप्रपा प्रजातान्त्रिकले भने राईलाई मतदान गर्ने निर्णय गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com