दुर्घटनामा बाँचेकी बंगलादेशी अहमदले यस्तो भनिन्


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

काठमाडौं – बंगलादेशको राजधानी ढाकाबाट बिदा मनाउन काठमाडौं आएकी साहसी अहमद अहिले केएमसी अस्पतालमा छिन्।

सोमबार दिउँसो युएस बंगला एअरको विमानमा काठमाडौं आएकी उनी दुर्घटनामा परेपछि अस्पतालमा भर्ना भएकी हुन्।

आफू बाँचेकोमा उनले सबैभन्दा पहिले नेपाली उद्दारकर्मीलाई धन्यवाद दिएकी छिन्। ‘ यति चाँडो उद्दारकर्मी र अग्नि नियन्त्रक आईपुगे कि जसले गर्दा म बाँच्न सफल भएँ। म नेपाली उद्दारकर्मी र नेपाली प्रति धेरै धेरै धन्यवाद दिन्छु। यस्तो चाँडो उद्दार त कतै पनि हुदैन होला,’ खुसी हुँदै उनले भनिन्।

दुर्घटनाअघि विमान छड्के तरिकाले अवतरण हुन खोजे पनि आफू होसमै रहेको र विमान खस्नसाथ आगो लागेपछि झ्याल फोडेर बाहिर निस्केको उनले सुनाइन्। अहमदले भनिन्, ‘जब विमान अनियन्त्रित भएर छड्के पाराले अवतरण हुदै थियो। म होसमै थिएँ। विमान खस्यो। आगो सुरु भइहाल्यो। हत्तपत्त सिटबेल्ट खोलें। झ्याल फोडेर हामफाले। तर आगोले घेरिसकेको थियो। उद्दार कर्मी आइपुगेर ज्यान बच्यो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केएमसीको अर्थोपेडिक्स वार्डको बेड नम्बर ४७५ मा उपचाररत उनी यतिबेला सामान्य छिन्। भन्छिन्, ‘म अस्पतालका चिकित्सकप्रति धेरै धेरै धन्यवाद दिन्छु। भोलि नै मलाई भेट्न आमा आउदै हुनुहुन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com