सरकारले गर्यो, विमान दुर्घटनाबारे जाँचबुझ गर्न ६ सदस्यीय आयोग गठन


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

फागुन २८, काठमााडौं । सरकारले सोमबार भएको युएस बङ्ला विमान दुर्घटनाबारे छानविन गर्न ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । विमान दुर्घटना भएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारका पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा सेनाको तर्फबाट डा. राजिवदेव, क्याप्टेन केके शर्मा, सुनिल प्रधान, उद्धबबहादुर सुवेदी, बुद्धिसागर लामिछाने रहेका छन् । बैठकले आयोगलाई छिटोभन्दा छिटो जाँचबुझ प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ ।

त्यस्तै बैठकले प्रदेशको मुख्य न्यायाधीवक्ताले लिने शपथको विषयलाई पनि टुंग्याएको छ । बैठकले प्रदेशको मुख्य न्यायाधीवक्ताले पनि केन्द्रको महान्याधिवक्ताकै प्रक्रियाबाटै सपथ लिन सक्ने निर्णय गरेको छ । मुख्य न्यायाधीवक्ताले उच्च अदालतका न्यायाधीशबाट शपथ लिन सक्ने जनाइएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com