पाइलटले अटेरी गर्दा दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले गरे खुलासा


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

काठमाडौं – त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार उक्ता विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको हो।

पत्रकार सम्मेलनमा उनले भने(एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए। तर, पाइलटले मानेनन। उत्तरदेखि अवतरण गर्न अनुमति मागे। विमान उत्तर पूर्वतिर गयो। फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई तपाइको एलान्मेन्ट मिलेन भनेर जानकारी गराए। विमान आर्मी ह्याङगरतिर गएर ठोक्कियो।

– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो ।
– यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो ।
– पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे ।
– गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’
– त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो ।
– फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो ।
– पाइलटले ‘वि आर ओके’ भन्यो ।
– तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन ।
– त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो ।
– विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो ।
– त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन ।
– तार भत्काउँदै खाल्डोमा गयो ।
– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ ।
– तत्कार उद्दार सुरु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com