प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्दै न्यायाधीश राणाले भने- म टुलुटुलु हेरेर बस्न सक्दिनँ


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

शोभा शर्मा

सोमबार बिहानदेखि सुरु हुने भनिएको डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दाको बहस एक घन्टा बितिसक्दा पनि सुरु भएन।

आइतबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको इजलास अदालत खुल्नासाथ बिहानै सुरु हुने भनिएको थियो।

मुद्दाका पक्ष र विपक्षका वकिल अदालत खुलेदेखि नै इजलास कक्षमा आएका थिए। डेढ घन्टासम्म कोही पनि न्यायाधीश इजलास कक्षमा नआएपछि इजलास किन ढिलो भयो भन्दै गाइँगुइँ चल्यो।

यसैबीच पूर्ण इजलासमा रहेका सात जनामध्ये एक जना न्यायाधीशमात्र इजलास कक्षमा प्रवेश गरे। उनी थिए, चोलेन्द्रशमशेर जबरा।

अरु न्यायाधीश पनि आउलान् भनेर सबैका आँखा ढोकातिर गए। तर अन्य न्यायाधीश कक्षमा आएनन्।

न्यायाधीश जबराले अगाडि आएर जे बोले त्यसले त्यहाँ उपस्थित सबैलाई आश्चार्यचकित पार्यो।

उनले भने, ‘यो मुद्दामा मेरो फरक राय छ। हिजो हामीले प्रधानन्यायाधीशका सबै कागजात र प्रमाणपत्र हे¥यौं, शारदा माविदेखि त्रिभुवन विश्वविद्यालयसम्म सबै प्रमाणपत्र अध्ययन गर्यौं। प्रमाण पत्र हेर्दा उहाँका फरक फरक जन्ममिति भेटिए।’

प्रधानन्यायाधीश पराजुलीका कागजात अध्ययन गर्दा उनका तीन वटा जन्म मिति देखिएको न्यायाधीश राणाले बताए।

उहाँका कागजात हेर्दा २००९ साउन, २०१० वैशाख र २०११ साउन गरी तीन वटा जन्ममिति भेटिए। यी तीनमा १ वर्षभन्दा बढीको अन्तर छ,’ न्यायाधीश राणाले भने, ‘न्याय परिषद् ऐनले पनि फरकफरक जन्ममिति भेटिएको अवस्थामा जुन सबैभन्दा अघिल्लो छ त्यसैलाई कायम गर्नुपर्ने भन्छ। त्यसअनुसार उहाँले गत साउनमै अवकाश पाउनु पर्ने हो।’

न्यायाधीश राणाले प्रधानन्याधीश पराजुलीले भने आफैंले न्याय परिषदबाट फरक उमेर कायम गरी अहिलेसम्म सेवामा रहिरहेको बताए।

‘हामीले पहिला यो कुरा थाहा पाएनौं। अहिले थाहा भयो। यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिनँ,’ न्यायाधीश जबराले भने, ‘निवृत्त भैसकेको व्यक्तिले तोकेको इजलासमा बस्न कानूनी तथा नैतिक हिसाबले नमिल्ने देखिएको हुँदा सोही बमोजिम आदेश गर्ने निर्णय गरेको छु।’

राणाले अबदेखि आफू पराजुलीसँग बेन्चमा नबस्ने भन्दै इजलास बहिष्कार गरे।

प्रधानन्यायाधीशको नेतृत्वको पूर्ण इजलास कुनै न्यायाधीशले बहिष्कार गरेको नेपाली न्यायीक इतिहासमा यो पहिलो घटना हो।

जबराले इजलास बहिष्कार गरेपछि बिहान बस्ने भनिएको इजलास अहिलेसमम्म बस्न सकेको छैन।

हेर्नुहोस् पूर्णपाठः

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com