विमान दुर्घटना हुुनुको कारण यस्तो रहेछ


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

 

फागुन २८, काठमाडौं । वंगलादेशबाट काठमाडौंका लागि उडान भरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।

विमानमा ३३ जना नेपाली सहित ६७ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जसमध्ये २ दर्जन बढीको हताहती भएको छ । घाइतेको उद्धार गरिएको छ । उनीहरुको सिनामंगलको केएमसी, नर्भिकलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

विमान दुर्घटनापछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विमानस्थलका मेनेजर राजेन्द्र क्षेत्रीले धावन मार्गको पूर्वतर्फ विमान दुर्घटना ग्रस्त भएको बताए ।

यस्तो छ विमान दुर्घटनाको कारण

मेनेजर क्षेत्रीका अनुसार विमान नियन्त्रण कक्ष९ कन्ट्रोल रुम०को निर्देशन नमान्दा विमान दुर्घटनामा परहेको हो । प्राविधिक भाषामा ९ नर्टिकल माइलबाट आइसकेपछि टावरले चालक दलका सदस्यलाई जिरो पोइन्ट २ ९कोटेश्वर तर्फ० बाट अवतरण गर्न निर्देशन दिएको थियो । तर पाइलटले ‘म २ प्वाइन्ट जिरोबाट ल्याण्ड गर्छु भन्दै उत्तर तिर९वौद्धतर्फ० बाट ल्याण्ड गर्न खोज्दा विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको मेनेजर क्षेत्रीले बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com