दुर्घटनाग्रस्त बिमानमा २३ जना नेपाली सवार


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुघर्टनामा परी ३४ जनाको मृत्यु भएको छ ।उपाचार्थ अस्पताल लगिएका घाइतेहरुको अवस्था पनि नाजुक रहेको बताईएको छ ।

युनाइटेड बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु सवार थिए। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको विमानमा ४ जना चालक दलका सदस्य थिए।

दिउँसो २ बजेर १८ मिनेट जाँदा धावनमार्गको पूर्वतिर दुर्घटना भएको थियो। विमानस्थलका उद्दार तथा अग्नि नियन्त्रकहरुद्वारा विमानमा लागेको आगो नियन्त्रण गरिएको थियो। विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय उद्दारका लागि सक्रिय भएका थिए।

विमान नियमित रुटभन्दा बाहिरबाट आएर दुर्घटनामा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ भने केहीको विमानभित्रै मृत्यु भइसकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com