विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली विमानस्थलमा


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान आज दिउँसो ४ बजे अवतरणका क्रममा दुर्घटना भएको हो । अहिले घाइतेहरुको उद्दार कार्य जारी छ ।

उद्धार गरिएकालाई काठमाडौंको विभिन्न अस्पतालमा उपचारको लागि लगिएको छ । घाइतेहरुको अवस्था नाजुक देखिन्छ।

दुर्घटनास्थलबाट काठमाडौं मेडिकल कलेज, सिभिल, नर्भिक लगायतका अस्पतालमा घाइतेहरु पुर्‍याइएको छ। नर्भिक अस्पतालम २ जना र काठमाडौं मेडिकल कलेजमा १७ जना लगिएको छ।

अस्पतालमा पुर्‍याइएका जोखिममा रहेका घाइतेहरुलाई आइसीयूमा राखिएको छ।

गृह मन्त्री विमानस्थलमा

विमान दुर्घटना भएपछि गृह मन्त्री रामबहादुर थापा त्रिभुवन विमानस्थल पुगेका छन्। त्यस्तै नेपालका लागि वंगलादेशका राजदूत पनि विमानस्थल पुगेका छन्।

दुघर्टनाबारे अनुसन्धान थालिँदै

त्रिभुवन अन्तर्रार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोजिएको पाइएको छ।

६७ यात्रुसहित ७१ सवार रहेको उक्त विमान रुटभन्दा बाहिरबाट आएर अवतरण गरिएको देखिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

विमान किन रुट बाहिर गयो यसबारेमा अनुसन्धान गरिने उनले बताए।

दुर्घटनामा परेका यात्रुलाई अहिले सेना, प्रहरीले एम्बुलेन्समार्फत केएमसी र सिभिल अस्पतालमा उपचारका लागि ल्याइँदै छ। यतिबेला विमानस्थल बन्द गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com