यौनजन्य हिंसाको जोखिममा अपाङ्गता भएका महिला


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

–महिला खबर–
ललितपुर । अपाङ्गता भएका महिलाले यौनजन्य हिंसा बढि भोग्ने गरेका पाइएको छ । नेपाल अपाङ्ग महिला संघका अनुसार अपाङ्गता भएका महिलाले यौनजन्य हिंसा बढि भोग्दै आएका हुन् ।

सन् २०१६/२०१७ मा नेपाल अपाङ्ग महिला संघमा अपाङ्गता महिलाले भोगेका २६ वटा उजुरी दर्ता भएका थिए । तिमध्ये १७ वटा बलात्कारका उजुरी परेको संघकी अध्यक्ष निर्मला धितालले जानकारी दिईन् ।

उनका अनुसार एक बलात्कारको प्रयास, पाँच घरेलु हिंसा, २ नागरिकता नपाएको र एउटा बहुविवाहको उजुरी महिलाले संघमा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘अपाङ्गता भएका महिला शारीरिक रुपमा कमजोर हुन्छन्’ धितालले भनिन्, ‘आफू विरुद्ध भएका हिंसाको प्रतिकार गर्न उनीहरुलाई असहज हुने भएकाले अपाङ्गता भएका महिलाले थप हिंसा भोग्ने गरेका हुन् ।

अझ कतिपय अपाङ्गता भएका महिलाले त आफू बिरुद्ध लैंगिक हिंसा भएको नै थाहा पाउँदैनन् । संघले नै सन् २०१६ मा धादिङ र गोरखाको ५/५ वटा गाउँ विकास समितिका अपाङ्गता भएका महिलामा गरेको सर्वेक्षण अनुसार ६० प्रतिशत अपाङ्गता भएका महिलाले हिंसा भन्ने नै ज्ञान नभएको बताएका हुन् ।

भने ११.९ प्रतिशतलाई हिंसाबारे जानकारी भएका बताएका थिए । १९.०५ प्रतिशतलाई अलिअलि मात्रै हिंसा भएको जानकारी भएको जनाएका उनले बताईन् ।

सर्वेक्षण अनुसार ८७ प्रतिशत भन्दा बढि अपाङ्ग महिला हिंसा सहेर नै बस्छन् । अर्थात्, उनीहरुले लैंगिक हिंसाका विरुद्ध उजुरी गर्दैनन् ।

२०६८ सालको जनगणना अनुसार नेपालमा ५ लाख १३ हजार ३ सय २१ जना अपाङ्गता भएका व्यक्ति छन् । तिमध्ये ४५.४ प्रतिशत अर्थात्, २ लाख ३३ हजार २ सय ३५ जना अपाङ्गता भएका महिलाको संख्या छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com