दुर्घटनाग्रस्त जहाजका ७१ मध्ये २८ यात्रुको मात्र उद्दार


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

रवीन्द्र शाही

सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार भएको छ।

पर्यटन सचिव कृष्ण देवकोटाका अनुसार आगलागी भएको जहाजबाट ४ बालबालिकासहित २८ जनाको मात्र उद्दार गरेर अस्पताल पुर्याइएको छ।

जहाजभित्र आगलागी भएर धेरै यात्रुको मृत्यु भएकाले २८ जनाको मात्र उद्दार भएको देवकोटाले जनाए। जहाजमा चालक दलका सदस्यसहित ७१ जना यात्रु थिए।

उद्दार गरेर अस्पताल लगिएकामध्ये पनि केहीको यात्रुको मृत्यु भएको अस्पतालले जनाएका छन्। अस्पतालमा कति जनाको उपचार भइरहेको छ भन्ने एकिन संख्या आएको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com