ढाकाबाट उडेको विमान काठमाडौँमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

फागुन २८, बांगलादेशको ढाकाबाट उडेको एउटा यात्रुवाहक विमान काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमवार अपराह्ण दुर्घटनाग्रस्त भएको छ।

यूएस बांग्लाले आफ्नो विमान ६७ यात्रुसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १२.५१ बजे उडेको जनाएको छ।

धावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको देखिएको छ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार केही व्यक्तिहरू घाइते भएका छन्। उनका अनुसार घाइते र अन्य यात्रीहरूको उद्धार गरिँदै छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइतेहरूलाई विभिन्न अस्पताल लगिएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार छेत्रीका अनुसार अग्निनियन्त्रण कार्य जारी छ।

दुर्घटनापछि अरू उडानहरू प्रभावित भएका छन्।

थप विवरण आउन बाँकी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com