आठ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा राजकुमार लामा पक्राउ


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

फागुन २८, काठमाडौं । काठमाडौँको बालाजुस्थित शान्तिटोलकी आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। फागुन २२ गते बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरका ३५ वर्षीय राजकुमार लामा गएराति शान्तिटोलबाटै पक्राउ परेका हुन्। बालिकाका परिवारले आइतबार मात्रै मौखिक उजुरी गरेपछि लामालाई पक्राउ गरेर थुनामा राखेको प्रहरीले जनाएको छ। बलात्कारमा परेकी बालिकालाई उपचारपछि परिवारले आइतबार नैै घर लगेको छ। राजकुमार लामालाई जबरजस्ती करणीको आरोप लागेकाले आज मुद्दा दर्ता गर्ने महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। बालिकाले राजकुमारले जबरजस्ती गरेको बयान दिएकाले मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको खड्काले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com