आज राष्ट्रियसभा अध्यक्षका लागि मनोनयन दर्ता


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

फागुन २८, काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने भएको छ।

राष्ट्रियसभा अध्यक्षका लागि बुधबार हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने गर्न समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार उम्मेदवारको नामावली आजै दिउँसो साढे १ बजे सार्वजनिक गर्ने तयारी छ ।

राष्ट्रियसभा अध्यक्ष एमालेले पाउनेगरी र वाम गठबन्धनमा सहमति भएको छ ।

राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका तीन सदस्यले भने राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा मतदान गर्न पाउने छैनन् । शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले उनीहरुले निर्वाचनमा भाग लिन नपाउने आयोगले बताएको छ ।

राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडा, रामनारायण विडारी र डा। विमला पौडेल सरकारको सिफासिमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com