प्रहरी हवल्दारसहित २५ जना जुवाडे पक्राउ


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

काठमाडौं । काठमाडौंको दुई ठाउँबाट एक प्रहरी हवल्दारसहित २५ जना जुवाडे पक्राउ परेका छन् । गोंगबु र चन्द्रागिरी क्षेत्रबाट महानगरीय प्रहरी प्रभाग काठमाडौं र प्रभाग बलम्बुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गोंगबु मित्रनगरबाट ७ जना र चन्द्रागिरीको ग्रिन हिल रिसोर्टबाट १८ जना पक्राउ परेको प्रहरीले जनाएको छ । गोंगबु मित्रनगरबाट पक्राउ पर्नेमा शैलेन्द्र खड्का, संजयकुमार तामाङ, अरुण कुमार महर्जन, अनिल गुरुङ, विष्णु श्रेष्ठ, सुरज थापा र इन्द्र थापा रहेका छन् । सुरज थापा प्रहरी हवल्दार हुन् भने इन्द्र प्रहरी जवान । उनीहरू दुवै जना महानगरीय अपराध महाशाखामा कार्यरत रहेका छन् ।

ग्रिन हिट रिसोर्टबाट पक्राउ पर्नेमा बुद्ध श्रेष्ठ, मनकाजी श्रेष्ठ, मनोज महर्जन, सुमित बिडारी, हीरा महर्जन, सतिक खान, सिफेदलाल सन्त, पञ्चनारायण स्याङताङ, कबि महर्जन छन् ।

यस्तै विजय तामाङ, सुरेश राई, साजन नेपाली, इन्द्र नेवार, हीराकृण साई, कान्छी देउला, धनमाया देउला, जितु देउला र बच्चा देउला रहेका छन् ।

पक्राउ परेका सबैको आइतबार नै अदालतबाट म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

news24nepal

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com