काठमाडौँको कोटेश्वर क्षेत्रबाट ५ सय लिटर अखाद्य घरेलु मदिरा नष्ट


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

फागुन २८, काठमाडौँ – काठमाडौंँको नरेफाँट, जडीबुटी र कोटेश्वर क्षेत्रबाट करिब ५ सय लिटर अखाद्य घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

कोटेश्वर, नरेफाँट र जडीबुटीमा सञ्चालित ‘खाजा घर’ हरुमा अखाद्य घरेलु मदिरा विक्री वितरण हुँदै आएको थियो ।

‘कोटेश्वर एरियाका होटल चेकजाँचका क्रममा ५ सय लिटर भन्दा बढी अखाद्य घरेलु मदिरा फेला परेको छ’ महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामाले भने,‘नियमअनुसार मुचुल्का गरेर स्थानियको रोहबरमा अखाद्य मदिरा नष्ट गरेका छौं ।’

आईतबार महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ‘खाजा घर’को बोर्ड राखेर विक्री हुँदै आएको अखाद्य घरेलु रक्सि, छ्याङ तथा तोङ्वा बरामद पछि नष्ट गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको रुपमा ९एसएसपी० विश्वराज पोखरेल आएसँगै काठमाडौं प्रहरीले अखाद्य घरेलु मदिरा विक्रीवितरणमा कडाई गरेको छ ।
परिसरको निर्देशन अनुसार कोटेश्वर क्षेत्रमा घरेलु मदिरा विक्री वितरणमा कडाई गरिएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार होटल सञ्चालकहरुले पसलमा थोरै मदिरा राखेर धेरै परिमाणका अदाद्य मदिरा लुकाई–छिपाई बेच्ने गरेको पाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com