साना किसान विकास बैंक अर्धवार्षिक अवधिमा रु १७ करोड मुनाफामा


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

साना किसान विकास बैंक लिले आर्थिक वर्ष २०६४/७५ को अर्धवार्षिक अवधिमा रु १७ करोड १६ लाख मुनाफा गरेको छ ।

बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा रु १७ करोड १६ लाख मुनाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति रु १७ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com