नेविसंघले गर्यो लुम्बिनीबाणिज्य क्याम्पसको व्यवस्थापन प्रमुख , क्याम्पस प्रमुर र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी
प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार
२७ फागुन , रुपन्देही – बुटवल
रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका देविनगर मा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघ ले तालाबन्दी गरेको छ ।
आज नेविसंघ लुम्बिनीबाणिज्य क्याम्पस समितिले विद्यालय व्यवस्थापन प्रमुख , क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो
सभापति सुरज क्षेत्रीले दर्पण पोस्ट लाई दिएको जानकारी अनुसार एक वर्ष देखि हामीले शान्तिपूर्ण रुपमा उठाउदै आएको बिद्यार्थी को माग र मुद्दालाई क्याम्पस लाई क्याम्पस ले व्यवस्था गरि झुलाउदै आएकोले हामी पुनः तालाबन्दी गर्न बाध्य भएको क्षेत्रीले जनाए ।
उनले भने यदि गर्दासमेत क्याम्पस ले यो विषय लाई गम्भीरतापुर्व नलिएमा लुम्बिनी बाणिज्य क्याम्पस पुरू बन्द गरि कडा भन्दा कडा खालका आन्दोलन गरिने छ यश बाट हुने क्षेतिपूर्तिको जिम्मेवारी स्वयम लुम्बिनी बाणिज्य क्याम्पस नै हुनुपर्ने सभापति क्षेत्रीले जनाए ।