आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने : प्रधानमन्त्री ओलीले


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

 

फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको सेवक भएको बताएका छन् । संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफू सदा जनताको सेवामा समर्पित हुने बाचा गरेका हुन् ।

संसद्को आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचासमेत गरे । उनले आफूलाई अविश्वास गर्नु पर्ने कुनै कारण नभएको भन्दै सांसदहरुलाई आफ्नो पक्षमा मत दिन आग्रह गरे ।

आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री नभएको भन्दै उनले आफू भ्रष्टाचार नगर्ने र हुन पनि नदिने बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com