दौरा सुरुवालमा सभामुख महराले लिए शपथ


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

 राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

यसअघि विभिन्न समयमा भएका मन्त्री, उपप्रधानमन्त्रीको सपथ लिँदा महराले सर्ट, पाइन्ट लगाउँदै आउनुभएको थियो । उहाँले यसपटक सभामुखको सपथमा भने दौरा सुरुवाल लगाउनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com