प्रधानमन्त्री ओलीलाई भारी दुई तिहाई बहुमत


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ ।

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताउनुभयो ।

सदस्य यादवले छ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सबै तहको निर्वाचन भई मुलुक अगाडि बढेकाले समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com