कालोबजारी गर्ने व्यापारी तथा व्यवसायीलाई कारबाही गर्ने तयारी गर्दै मन्त्री, मातृकाप्रसाद यादव


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कालोबजारी, अनियमितता र चरम लापारबाही गर्ने उद्योग, व्यापारी तथा व्यवसायीहरुलाई कडा भन्दा कडा कारबाही गर्नेगरी तयारी थालेका छन् ।

मन्त्री निकट उच्च स्रोतका अनुसार यादवले पछिल्लो समय मुलुकमा कालोबजारी बढेको खबरहरु छ्याप्छ्याप्ती भएपछि कालाबजारीलाई नियन्त्रण गर्नको लागि पनि त्यसमा संलग्न व्यापारीहरुलाई जेल हाल्ने समेत तयारी गरेको बुझिएको छ ।

यसको लागि उनले आजैमात्रै विभिन्न बजार अनुगमन समितिहरुको प्रतिनिधिमण्डलसँग परामर्श गर्ने भएका छन् ।

हुन त मन्त्री यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी बनाउन सामूहिक सहकार्य हुनुपर्ने कुरा मन्त्रालयमा पदभार सम्हालेलगत्तै बोलेका थिए । सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्य बोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले त्यतिवेला भनेका थिए,‘ भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्य गर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com