तलब नबढाउन माग गर्दै क्यानाडाका डाक्टरहरुले गरे आन्दोलन


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

Doctors smiling together in office

फागुन २५, टोरन्टो । तलब बढाउन माग गर्दै आन्दोलन गरिएका समाचार प्रशस्तै आउने गर्छन् तर क्यानाडामा भने तलव नबढाउन माग गर्दै डाक्टरहरुले आन्दोलन थालेका छन्। ‘हामीलार्इ धेरै तलब दिइएको छ’ भन्दै करिव ५ सय डाक्टरहरुले तलव नबढाउन र बढाइएको तलव फिर्ता लग्न भन्दै आन्दोलन थालेका हुन्।

क्यानाडाको चिकित्सा महासंंघले डाक्टरहरुको तलव बृद्धि गरेको सुचना निकाले लगत्तै डाक्टरहरुले आन्दोलन थालेका हुन। ‘हामी डाक्टरहरु प्रभावकारी सार्वजानिक सेवा प्रर्णालीमा बिश्वास गर्छौ। तलव बृद्धिमा विश्वास गर्दैनौ।’ डाक्टरहरुले सार्वजानिक गरेको विज्ञप्तिमा जनाइएको छ।

अस्पतालमा काम गर्ने नर्सले दैनिक बढी काम गर्न परेको, बिरामीहरुले उपचार खर्चका लागी बढी संघर्ष गरिरहेकावेला क्यानाडास्थित चिकित्सा महासंघले डाक्टरहरुको तलव बढाएको भन्दै डाक्टरहरुले आन्दोलन गरेका हुन। ‘तलव बढाइएको बिषय बढी दुखदायी छ। हाम्रो अस्पतालहरुमा काम गर्ने नर्स, सहयोगीहरु तथा अन्य कर्मचारीले कामकालागी बढी संषर्ष गरेर थोरै पैसा पाइरहेका बेला हामी डाक्टरहरुका लागी बढाइएको तलव हाम्रा लागी अश्वीकार्य छ।’ ५ सय जना डाक्टर लगायत १ सय ७३ जना मेडिकल बिद्यार्थीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

२ सय १३ जना जेनेरल प्रयाक्टिसियन, १ सय ८४ बिशषेज्ञ, १ सय ४९ मेडिकल डाक्टर र १ सय ६२ मेडिकलका विद्यार्थीले डाक्टरहरुका लागी बढाइएको तलव सरकार संयन्त्रमै फिर्ता पठाइनु पर्ने माग समेत गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com