‘आफैले आफैलाई स्वीकार्नु सबैभन्दा महत्वपूर्ण हो’ – लेक्स लिम्बु


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

लण्डन निवासी २५ बर्षिय नेपाली मुलका चर्चित ब्लगर लेक्स लिम्बुले एउटा भिडियो सार्वजनिक गर्दै समलिंगी भएको खुलासा गरेका थिए । आफ्नो जीवन, परिवार र पहिचानका बारेमा मार्मिक भिडियो सार्वजनिक गर्दै उनले आफू समलिंगी भएको खुलासा गरेका हुन् । त्यसपछि उनले कस्तो प्रतिकृया पाइरहेका छन् ? के फरक अनुभव गरिरहेका छन् ? यसै सेरोफेरोमा खसोखाससँग लेक्स लिम्बुले गरेको कुराकानीको सारसंक्षेप ।

आफू समलिंगी भएको खुलासा गर्दै भिडियो सार्वजनिक गरेपछि कस्तो प्रतिकृया पाउनुभयो ?

अहिलेसम्म सबैजसो प्रतिकृयाहरु सकारात्मक नै छन् । शायद आगामी दिनमा यसबारे फरक फरक खालका धारणाहरु आउँछन् होला । केही धारणाहरु मेरा लागि चुनौतीपनि हुनसक्छन् । तर अहिले भने सोंचेको भन्दा धेरै सर्पोटिभ कमेन्टहरु आएका छन् ।

तपाईले परिवार र साथीहरुलाई पहिले नै थाहा दिनुभएको रहेछ, तर अहिले सार्वजनिक रुपमै भन्दा कस्तो अनुभव भएको छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै धेरै फरक अनुभव त केहीपनि भएको छैन । म आफैमा मान्छेपनि प्राइभेट नै हो । मेरा साथी र परिवारहरुलाई त पहिलेदेखि नै थाहा थिए । साथीहरुलाई अझ पहिले नै भनेकाले मलाई धेरै ठूलो भार बोकेर बसेको जस्तो अनुभव त थिएन । तरपनि मलाई यो कुरा लुकाउन मन थिएन । त्यसैले मैले सार्वजनिक रुपमा नै यो विषय भनेको हुँ । मैले सोंचेको भन्दा सकारात्मक समर्थन पाएको छु ।

बुबाआमाबाट कस्तो सर्पोट पाउनुभएको छ ?

मेरो बुबाआमाले धेरै सपोर्टिभ हुनुभएको छ । ममले त भिडियोमै पनि भन्नुभएको छ । भिडियो रिलिज गर्दा हामीले किंग्स कलेज लण्डनमा एउटा कार्यक्रम पनि गरेका थियौं । त्यसमा दर्शकले मेरो बाबालाई प्रश्नहरुपनि सोध्नुभएको थियो । अरु बाबाआमालाई के सन्देश दिन चाहनुहुन्छ ? के परिवर्तन हुन्छ ? भन्ने प्रश्नहरु आएका थिए । बाबाले परिवर्तन केही पनि नहुने बताउनुभयो । हिजो पनि हाम्रो छोरा थियो र आज पनि छोरा हुन्छ नै भन्नुभयो । मेरो आवाज र दृष्टिकोणले अरुधेरैलाई सजिलो बनाउन र साथ दिनका लागि मेरालागि मौका आएको छ भन्नुभयो । वास्तवमै केही गरेर देखाउनका लागि मलाई बाबापनि प्रेरणा मिलेको छ ।

तपाई त लण्डनमा हुनुहुन्छ तर नेपालमा समलिंगी भएर बाँच्न कत्तिको सजिलो छ ?

लण्डनमा पनि नेपालीहरु धेरै हुनुहुन्छ । छोराछोरीले अर्कै जातको केटा वा केटीलाई घरमा ल्याएर ब्वाईफ्रेण्ड वा गर्लफ्रेण्ड भनेर चिनाउँदा अप्ठ्यारो मान्ने बुबाआमाहरुसमेत हुनुहुन्छ । यस्तो अवस्थामा आफ्ना छोराछोरी समलिंगी भएको थाहा हुनुले धेरै चुनौती जन्माउँछ । बेलायतमा बसेपनि कतिपय नेपाली परिवारहरुमा संकिर्णता छ । त्यसैले बेलायतमै पनि कतिपय व्यक्ति खुला हुन सकेका छैनन् । त्यसैले नेपाल र बेलायतमा संघर्ष त उस्तै उस्तै हो । लण्डनमा बस्दैमा कुनै व्यक्ति खुल्ला दिमागको हुन्छ भन्ने नै छैन । नेपालमा अझ गाह्रो हुनसक्छ । घर परिवार, समाजले अस्वीकार गरेमा म आफै पनि केही गर्छु भन्ने अठोट लिएर अगाडि बढ्न नेपालमा सबैका लागि गाह्रो पनि छ । तर हामीले समाजमा यो बहसलाई तीब्र पार्दै लगेमा भने सहज अवस्था आउनेछ ।

समाजमा भन्नु भन्दा पहिले आफैले आफैलाई स्वीकार्न कत्तिको गाह्रो छ ?

पहिले त आफूले आफैलाई स्वीकार्न सक्नुपर्छ । आफनो जिन्दगीसँग इमान्दार बनेर वास्तविक जीवन जिउनुपर्छ । समाजको बारेमा सोंच्नुअगाडि आफ्नो बारेमा सोंच्नुपर्छ । जब आफ्नोबारेमा सत्यको पहिचान हुन्छ, त्यसपछि इमान्दार जीवन बाँच्नुपर्छ । तपाईलाई कसरी आफ्नो जिवन बाँच्न मनपर्छ, त्यसरी नै बाँच्ने हो । सबैले सार्वजनिक रुपमा भन्दै हिड्नुपर्छ भन्ने पनि छैन । सबैभन्दा महत्वपूर्ण कुरा आफैले आफैलाई स्वीकार्नु नै हो ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हामीले एक अर्कालाई लिंगको आधारमा नभई माया, सम्मान र आत्मियताका साथ चिन्न सकौं । हामीले यी तीन चीजलाई दिमागमा राखेर सम्मान र समानतालाई महत्वदिनुपर्छ । मानवता नै सबैभन्दा ठूलो कुरो हो । मानवता रहेसम्म लिंगको कुराले हामीलाई विभाजित गराउन सक्दैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com